काठमाडौं । स्थापनाको १३ महिनामै एभरेष्ट भेन्चर्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय हो। यो बोनस शेयर वितरणार्थ कम्पनीले करबापत लाग्ने ४ लाख ८७ हजार ९७४ रुपैयाँ नगद लाभांशका रुपमा छुट्याएको छ।
लाभांश पारित गर्न कम्पनीले आउँदो मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
कम्पनीले ४९ लाख रुपैयाँ कर्जा लिने र त्यसका लागि अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले कम्पनीको लेखापरीक्षण, जोखिम व्यवस्थापन समिति पुनर्गठन र लगानीका सम्बन्धमा लिइएको निर्णयहरु पनि अनुमोदन गर्नेछ।
चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।

















