काठमाडौं । आज साताको पसिहलो दिन शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०२ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २२२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । माबिलुङ हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । सागर डिष्टिलरीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

















