IME Life New

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष ढकालले ग्रहण गरे सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकालले सपथ ग्रहण गरेका छन् । उनलाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।

Esewa
Crest

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS