IME Life New

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनरमा पुनः सलिको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्स्योरेन्स पार्टनरमा पुनः सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) नियुक्त भएको छ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्ससँग सलिकोले पुनः सहकार्य गर्दै आधिकारिक इन्स्योरेन्स पार्टनरको रूपमा आफ्नो सहभागिता जनाएको हो ।

उत्कृष्टता र प्रतिबद्धताप्रति समान दृष्टिकोण राख्ने दुई प्रतिष्ठित संस्थाबीचको यो निरन्तर साझेदारी खेलकुदको विकास र सुरक्षाप्रति हाम्रो साझा विश्वासको प्रतिविम्ब हो।

Esewa
Crest

सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री भन्छन्, “हामी सुदूरपश्चिम रोयल्ससँग पुनः सहकार्य गर्न पाउँदा अत्यन्त हर्षित छौं। जोखिम व्यवस्थापनमा अग्रसर कम्पनीका रूपमा हामी खेलाडीहरूलाई आत्मविश्वासका साथ खेल्न प्रोत्साहित गर्न चाहन्छौं। आशा छ, यस सिजनमा कप सुदूरपश्चिममा आउनेछ।”

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का भन्छन्, “सलिको जस्तो प्रतिष्ठित ब्रान्डसँग पुनः सहकार्य गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। उहाँहरूको निरन्तर साथले एनपीएललाई अझ उचाइमा पुर्‍याउनेछ र थप संस्थाहरुलाई खेल क्षेत्रमा लगानी गर्न प्रेरित गर्नेछ।”

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले नेपालभरका १०० भन्दा बढी शाखामार्फत व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई बीमाका विविध सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS