IME Life New

बैंकले जेनजी आन्दोलनमा घाइतेको उपचार खर्च व्यहोर्न पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचारका लागि बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गतको रकम खर्च गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायीत्व मार्गदर्शन २०८१ को संशोधन जारी गर्दै सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराइने खर्चवापतको रकम सामाजिक उत्तरदायीत्व कोषबाट व्यहोर्न सक्ने व्यवस्था गरेको हो।

Crest

यसबाहेक जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष  रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट त्यस्ता व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्च पनि यो कोषबाट व्यहोर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS