IME Life New

तिलगंगा नेत्र प्रतिष्ठानले गर्‍यो १९ जना कर्मचारीलाई सम्मान्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आँखा कार्यक्रम अन्तर्गत नेपालको विभिन्न जिल्लामा रहेर नेत्र रोगीको उपचार सेवामा रहेका १९ जना चिकित्सक र कर्मचारीलाई तिलगंगा नेत्र प्रतिष्ठानले मंगलबार सम्मान् गरेको छ।

अस्पतालमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सन्दुक रूइतले चिकित्सक र कर्मचारीहरूलाई खादा ओढाएर प्रशंसा पत्र सहित सम्मान् गरेका हुन् ।

Esewa
Crest

सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञहरू नम्रता गुप्ता, विवेक विष्ट, बन्दना खनाल, चन्द्रकला गुरूङ, मीना धमला रहेका छन्। यसैगरी मानव संशाधन विभागको वरिष्ठ अधिकृत तारा कुमारी लामा, वरिष्ठ वित्त अधिकृत प्रमोद कुमार श्रेष्ठ, जन सम्पर्क सहयोगी दिनेश प्रसाद पोखरेल रहेका छन् ।

यसैगरी नेत्ररोग अधिकृत श्रद्धा महर्जन र रमा महत, बजार अधिकृत दिपिका उप्रेती, वरिष्ठ नेत्ररोग सहायक विधान ताम्राकार, अनमि रेनुका कुमारी चाैधरी, उत्पादन प्राविधिक राजन भुजेल, सिएमए इन्द्र लक्ष्मी श्रेष्ठ, अनमि स्वस्ति खतिवडा, स्टोर सहायक सुदर्शन प्रसाद न्याैपाने, नेत्र बैंक परामर्शदाता सुन्दर महत र मेडिकल ल्याब टेक्निसियन पदम बहादुर हमाल पनि सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्त अधिकृत रामचन्द्र खनाल र मानव संशाधन प्रबन्धक मुकेश सिंह लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS