IME Life New

जेन जी आन्दोलनमा भएको क्षतिको शिखर इन्स्योरेन्समा रू २ अर्बभन्दा माथिको दाबी पर्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा तोडफोड र लुटपाटबाट भएको क्षतिका लागि शिखर इन्स्योरेन्समा मात्र २ अर्ब ४१ करोड रूपैयाँभन्दा बढीको क्षतिपूर्ती दाबी पर्ने अनुमान गरिएको छ।

इन्स्योरेन्सका अनुसार, बीमा गरिएको सम्पत्तिको क्षति सम्बन्धमा प्राप्त प्रारम्भिक जानकारीका अाधारमा २ अर्ब ४१ करोड ७० लाख रूपैयाँ बराबरको क्षतिपूर्तीका लागी दाबी पर्ने अनुमान गरिएको हो।

Esewa
Crest

घर र सम्पत्ति बीमा अन्तर्गत बीमित सम्पत्तिको नोक्सानी वापत १ अर्ब ७७ करोड ९० लाख रूपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ। यो कुल अनुमानित दाबीको झण्डै ७३ प्रतिशत हो।

दोश्रो सर्वाधिक दाबी मोटर बीमा अन्तर्गत पर्ने इन्स्योरेन्सको अनुमान छ। यस अन्तर्गत ४८ करोड ५० लाख रूपैयाँ क्षतिको क्षतिपूर्ती गर्नुपर्ने देखिएको छ।

इन्जिनियरिङ बीमा अन्तर्गत १३ करोड १९ लाख रूपैयाँ दाबी पर्ने संभावना छ। यस अन्तर्गत  बैंक तथा वित्तीय संस्थाहरूको एटिएम मेशिन र विद्युतीय उपकरणहरूमा भएको क्षतिवापत १२ करोड ६६ लाख रूपैयाँ बराबरको क्षतिपूर्ती दाबी पर्ने अनुमान शिखर इन्स्योरेन्सले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS