IME Life New

जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका युट्युबर ज्याक्शनले नेपालको हिमाली पर्यटन प्रवर्द्धन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेन जी आन्दोलनको भिडियो बनाएर चर्चा बटुलेका बेलायती युट्युबर ह्यारि ज्याक्शनले नेपालको हिमाली भेगमा मोटरसाइकल यात्रा गर्दै भिडियो भ्लग बनाउन लागि रोयल इनफिल्ड मोटरसाइकलको नेपाली उत्पादक त्रिवेणी अटो ग्रुपसँग अनुबन्धित भएको जानकारी सार्वजनिक गरेका छन्।

ज्याक्शनले बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् रोयल इनफिल्डसँग हिमाली भेगमा ४५० सिसी क्षमताको मोटरसाइकलमा यात्रा गर्दै भ्लग बनाउनेबारे सम्झाैता पत्रमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।  ई ओ

Esewa
Crest

उनका अनुसार १० दिने यात्राको भिडियो चाँडै नै उनको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।

होण्डा कम्पनीको मोटरसाइकल चढ्दै विश्व यात्रामा निस्किएका ज्याक्शन, जेन जी आन्दोलनका क्रममा गत भदाै २४ गते बानेश्वरस्थित संसद भवनमा आगजनी र आन्दोलनको दृश्य खिचेर एकाएक नेपालीमाझ चर्चामा आएका थिए।

उनले आफ्नो युट्युब च्यानल ‘वि हेट द कोल्ड’ मार्फत सार्वजनिक गरेको ‘द साइट अफ नेपाल द मिडिया अोन्ट शो यु’ शीर्षकको वास्तविक समयमा रेकर्ड गरिएको भिडियो विश्वचर्चित बनेको थियो।

छोटो समयका लागि नेपाल आएपनि यहाँको आत्मियता र प्राकृतिक सुन्दरताले लोभ्याएको भन्दै ज्याक्शनले नेपालको पर्यटन प्रवर्द्धनमा अाफ्नो भिडियोहरू सहयोगी भएकोमा खुशी व्यक्त गरेका छन्।उनले भनेका छन्, नेपालको पर्यटन प्रवर्द्धनका लागि मैले सकेको गर्नेछु।

ह्यारीले आफ्नो युट्युब च्यानल ‘वि हेट द कोल्ड’ मा सरकार ढलेपछिको जिन्दगी अर्थात् लाईफ आफ्टर द गभर्मेन्ट कोल्याप्स (द आफ्टरमाथ) शीर्षकको भ्लग पनि सार्वजनिक गरेका छन् । यो भ्लगका कारण थुप्रै विदेशी पर्यटकहरूमाझ आन्दोलनपछि नेपालको जनजीवन सामान्यतर्फ फर्किएको विश्वास दिलाउन मद्दत गरेको थियो।

ज्याक्शनले आन्दोलनका बावजुद आफ्नो यात्रा कार्यक्रमलाई निरन्तरता दिएका विदेशी पर्यटकहरूका बारेमा पनि आफूले भ्लग बनाउने आश्वासन पनि दिएका छन्।

तस्वीर श्रोतः ह्यारी ज्याक्शनको फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS