IME Life New

बाढी पहिरोको कहरपछि इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मन्त्रिपरिषद् बैठकले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

मन्त्री परिषदको बिहीबार साँझ सम्पन्न बैठकले इलाम जिल्लालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।

Crest
गत साता परेको अति भारी वर्षाका कारण उत्पन्न पहिरो तथा बाढीका कारण इलाममा सबैभन्दा बढी मानवीय क्षति भएको छ। पहिरो र बाढीका कारण इलाममा ३९ जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्।
असोज १८ गतेको बाढी पहिरोका कारण इलाम र पाँचथरमा अझैसम्म पनि मेची राजमार्ग खण्ड पूर्णरूपमा अवरूद्ध रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS