काठमाडौं । खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान आज २ घन्टाका लागि बन्द गरिएको छ।
शनिबार साँझदेखि हालसम्म लगातार वर्षा भइरहेको छ। योसँगै मौसम प्रतिकूल बन्द र खराब इनरुट वेदरका कारण काठमाडौं विमानस्थलबाट आन्तरिक उडान बिहान ९ बजेबाट २ घन्टाका लागि बन्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
उडान बन्द हुँदा यात्रुवर्गमा पर्न जाने असुविधानका लागि कार्यालय क्षमायाचना गरेको छ।

















