काठमाडौं । आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ। काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–भरतपुरको ४ हजार ६४३ र काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ भाडादर तोकिएको छ।
नयाँ भाडादरअनुसार काठमाडौं–पोखराको ६ हजार ६३५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको १३ हजार १०३ रुपैयाँ, काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहवाको ८ हजार ४६१ रुपैयाँ, काठमाडौं–राजविराजको ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेतको ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको छ।
यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा कम मूल्यमै टिकट बिक्रीवितरण गर्न प्राधिकरणले वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुलाई निर्देशन दिएको छ।


















