काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा काठमाडौं जोड्ने कान्ति लोकपथ र हेटौडा भैंसे खण्ड हुॅदै चल्ने सवारी आवागमनमा आंशिक प्रतिबन्ध लगाएको छ।
असोज १७ देखि २० गतेसम्म कान्ति लोकपथमा बेलुकी ४ देखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
यसैगरी भैॅसे हुॅदै चल्ने सवारीसाधन बेलुकी ५ बजेदेखि बिहान ६ बजेसम्म रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

















