IME Life New

लाइसेन्स बिना स्कुटर चलाउँदा चालकको मृत्यु, परिवारजनले पाएनन् दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्समा स्कुटरको बीमा गरेपनि चालक इजाजत पत्र (लाइसेन्स) बिना नै चलाउँदा मृत्यु भएका चालकको परिवारजन मृत्यु दाबी भुक्तानीबाट वञ्चित हुनु परेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा बीमा गरिएको प्रदेश नम्बर २–०२–००३ प ९५८९ नं को स्कुटर मिति २०७९ असार २४ गते दुर्घटना हुँदा मोटरसाईकल चालक खड्ग प्रसाद शर्माको मृत्यु भएको थियो। बीमा बापतको रकम माग गर्दा दाबी नलाग्ने भन्दै इन्स्योरेन्सले निवेदन रद्द गरिदियो ।

Esewa
Crest

मोटरसाइकलको सघन बीमा(कम्प्रिहेन्सिभ इन्स्योरेन्स) गरेपनि बीमा कम्पनीले दाबी भुक्तानी नदिएको भन्दै मृतकको परिवारजनको तर्फबाट सरस्वती शर्माले २०७९ पाैस २९ गते नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दर्ता गराइन् ।

बीमित साधन चलाउनले व्यक्तिले सवारी साधन चलाउने चालक अनुमति पत्र अनिवार्यरूपमा प्राप्त गर्नुपर्ने बीमालेखको शर्त विपरित चालक खड्ग प्रसाद शर्माले चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधान चलाउँदा दुर्घटना भएको परिणामको दायीत्व बीमकले व्यहोर्न नपर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको दाबी अस्वीकृत गरेको थियो।

मोटर बीमा व्यवसायलाई व्यवस्थित तथा नियन्त्रित गर्न साबिकको साबिक बीमा समितिबाट जारी “मोटर बीमादर सम्बन्धी निर्देशिका,२०७३” को अनुसूची १ अन्तर्गतको मोटरसाईकल बीमालेखको तालिकामा ‘चालकसँग उक्त मोटरसाईकल चलाउने अनुमतिपत्र भएको र त्यस्तो अनुमतिपत्र राख्न वा प्राप्त गर्न अयोग्य नठहरिएको हुनुपर्नेछ’ भन्ने प्रावधान छ ।

बीमा एउटा करार भएकोले बीमा करार अर्थात् बीमालेखका शर्तहरूको अधिनमा रही बीमालेखले रक्षावरण प्रदान गर्ने हुन्छ । तर बीमा करारमा उल्लिखित शर्तहरूको पालना नभएको अवस्थामा वा बीमालेखले रक्षावरण नगरेको अवस्थामा सृजित दायित्वलाई बहन नगरी दाबी इन्कार गर्न सक्ने भन्दै नेपाल बीमा प्राधिकरणको न्यायीक इजलाशले निवेदन खारेज गरिदियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS