IME Life New

सिटिजन्स म्युचुअल फण्ड र क्यापिटलको मुनाफाबाट २८ करोड ५ लाख प्रतिफल वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फण्ड तथा आफ्नै मुनाफाबाट कुल रु २८,०५,२१,०२० (अक्षरुपी) अठाइस करोड पाँच लाख एकाईस हजार बीस बराबरको नगद लाभांश वितरण कार्य प्रारम्भ गरेको छ।

यस अन्तर्गत, सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित योजनाहरुको २०८१/८२ को मुनाफा तथा संचित कोषबाट मिति २०८२ भदौ १२ गतेसम्म कायम रहेका ईकाइधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरिएको हो।

Esewa
Crest

तत् अनुसार सिटिजन्स म्युचुअल फण्ड–२ बाट कर सहित ८.२५५५ ले हुने नगद लाभांश रु ४,६२,००,००० र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाट कर सहित १२.७५५५ ले हुने नगद लाभांश रु ९,५७,१७,२९७ गएको भदौ २० गतेदेखि वितरण गर्न थालिएको क्यापिटलले जानकारी दिइएको छ।

यसैगरी, सिटिजन्स म्युचुअल फण्ड–१ मिति २०८१ फागुन १९ गते परिपक्व भई, न्याभ ११.३० को दरले कुल रु ९२,६६,०३,७२३ को वितरण गरिएको थियो। अन्तिम वर्षको १३ प्रतिशत नगद लाभांश समेत सोही मिति २०८२/०२/२७ देखि वितरण भइसकेको छ।

त्यसैगरी, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट शेयरधनीहरुलाई रु ३,२०,००,००० बराबरको लाभांश मिति २०८२/०५/२० गतेदेखि वितरण गरिरहेको जानकारी पनि कम्पनीले दिएको छ।

कम्पनीले अघिल्ला वर्षहरुमा वितरण गरिएको नगद लाभांश अझै पनि नबुझेका ईकाइधनीहरुले आफ्नो हितग्राही खाता तथा बैंक खाता अद्यावधिक गराउन र आवश्यक जानकारीका लागि सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूतिकरण, शेयर रजिष्ट्रार तथा डिम्याट खाता सेवा जस्ता विभिन्न कार्यका लागि अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी हो।

कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS