IME Life New

‘जेन जी’ आन्दोलनमा सत्तारूढ दलको कार्यालय जलेपछि बीमाका लागि धाउँदै रास्वपा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भदाै अन्तिम साता भएको भ्रष्टाचारविरोधी देशव्यापी प्रदर्शनका क्रममा सत्तारूढ राजनीतिक दलका कार्यालयहरू जलाइएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधान कार्यालयको बीमा गर्न चासो देखाएको छ।

सरकारको दमन विरूद्ध भदाै २४ गते भएको प्रदर्शनका क्रममा राजनीतिक दलका कार्यालयहरू जलाइएपछि भदाै २५ गते नै रास्वपाको पार्टी सचिवालय प्रतिनिधि बीमा कम्पनी धाएका थिए।

Esewa
Crest

जेन जी आन्दोलनका प्रदर्शनकारीले देशैभर नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालयहरूमा प्रदर्शनकारीले तोडफोड,लुटपाट र आगजनी गरिदिएका थिए।

आन्दोलनको राप बाँकी नै रहेकाले बीमा कम्पनीका कर्मचारीले बीमालेख जारी गरिए पनि एक महिनाको प्रतिक्षा अवधि राखिने शर्त अघि सारेपछि ती प्रतिनिधि पार्टीमा सल्लाह गर्ने भन्दै बाहिरिएका थिए।

अहिले आन्दोलन साम्य भएको र अन्तरिम सरकार बने पछि फेरि बीमा गर्ने प्रस्ताव लिंदै रास्वपाका प्रतिनिधि पुनः गएपछि बीमक र रास्वपा दुबै बीमाका लागि तयार भएका छन् ।

सम्बद्ध श्रोतका अनुसार, रास्वपाले पार्टी कार्यालय भवनको बीमाङ्क ५ करोड रूपैयाँ प्रस्ताव गरेको छ। बीमालेखमा हुलदङ्गा जोखिम समेत समावेश गर्न पार्टीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

50%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS