IME Life New

नेपाल इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.३४७८ अनुपातमा अर्थात चुक्तापुँजी ३४.७८ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ। त्यतिबेला खरिद नभएको १ लाख ९७ हजार ४२.७६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री ल्याएको हो । जसमा सर्वसाधारण समूहको १ लाख ९२ हजार ५७४ कित्ता र संस्थापक समूहको ४ हजार ४६८.७६ कित्ता रहेको छ।

सो शेयर खरिदका लागि अब असोज ८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ। यो शेयरमा इच्छुक व्यक्ति, संस्था तथा कम्पनीले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका लाजिम्पाट, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS