IME Life New

सुदूरपश्चिममा लिबर्टी माइक्रो लाइफको उत्कृष्ट व्यापार प्रदर्शन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार लघु जीवन बीमा (माइक्रो लाइफ) व्यवसायमा आर्थिक बर्ष २०८१/८२ तथ्यांकले यो कुरा पुष्टि गरेको हो।

लिबर्टी माइक्रोलाइफका लागि सुदूरपश्चिम प्रादेशिक प्रमुख भीमराज अवस्थीका अनुसार, लिबर्टी माइक्रो लाइफले यस क्षेत्रमा बीमालेख संख्या र प्रिमियम संकलन दुवैमा अग्रणी स्थान कायम गरेको छ।

Crest

कम्पनीले यस प्रदेशमा आफ्नो सेवालाई सुदृढ बनाउँदै ग्रामीण र दुर्गम क्षेत्रमा समेत बीमाको पहुँच विस्तार गर्न सफल भएको छ। विशेषगरी, नेपालभरिकै उत्कृष्ट शाखाहरूमध्ये धनगढी शाखाले साउन र भदौ २०८२ मा पनि आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै पहिलो स्थान ओगट्न सफल भएको छ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघु जीवन बीमाका माध्यमबाट समाजका निम्न आय भएका वर्गलाई वित्तीय सुरक्षा प्रदान गर्दै आइरहेको छ। सुदूरपश्चिममा प्राप्त यो सफलताले कम्पनीलाई थप उत्साहित बनाएको र आगामी दिनमा अझ सशक्त ढंगले काम गर्ने प्रेरणा मिलेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS