काठमाडौं । आज शेयर बजारमा पहिलो गएको छ । आज शेयर बजार नेप्से परिसूचक १६० अंकले घटेर २५११ को विन्दुमा कायम भएको छ । आज बजारमा तेस्रो नकारात्मक सर्किट लागेसँगै आजका लागि बजार बन्द भएको हो ।
जेन्जी आन्दोलनको नराम्रो असर शेयर बजारमा देखिएको हो । सरकार परिवर्तनपछि खुलेको पहिलो दिन नियमित बजार खुलेको २ मिनेटमै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो भने अहिले १२ बजेर ३ मिनेटमा खुलेको नेप्से ६ प्रतिशतले घटेर दिनभरिका लागि बजार बन्द भएको हो ।
आज ९ कम्पनकिो शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको शेयर मूल्य घटेको छ । आज १७ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ७२ करोड ८७ लाख रुपैयााको शेयर कारोबार भएको छ । आज २२ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा हिम स्टार कम्पनीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको हो ।

















