काठमाडौं । सरकार परिवर्तनपछिको पहिलो कारोबार दिन बजार खुले लगत्तै नकारात्मक सर्किट लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको छ। प्रि ओपन सेसनमा साढे ३४ अंकले घटेको बजार नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको हो।
जेनजी आन्दोलदनका कारण भदौ २४ गतेबाट बन्द भएको शेयर बजार आज असोज २ गतेबाट खुलेको हो । बजार खेलेको २ मिनेटमै बजारमा नकारात्मक सर्किट लागेर बन्द भएको हो ।
बजार खुलेको २ मिनेटमै मार्केट हल्ट हुँदा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको मूल्य घटेको छ ।

















