काठमाडौं । शेयर बजार आज बिहीबारबाट खुल्ने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शेयर बजार आज असोज २ गतेबाट खुल्नेछ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार शेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ।
जेनजी आन्दोलनका कारण शेयर बजार भदौ २५ गतेदेखि बन्द रहेको थियो।

















