IME Life New

राष्ट्र पुनर्निर्माणमा शिखर इन्स्योरेन्सको सहयात्रा, यथाशक्य बीमा दाबी भुक्तानी दिने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको यथाशक्य छिटो बीमा दाबी भुक्तानी दिने प्रतिबद्धता गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। ‘भदौ २३ र २४ गते भएको क्षति र हानि–नोक्सानीको बीमालेखबमोजिम सरल र छरितो तबरबाट यथाशक्य दाबी भुक्तानीका लागि कम्पनी प्रतिबद्धत छ’, सूचनामा भनिएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणबाट जारी हुने निर्देशिका र निर्देशनको अधीनमा रही हुने बीमा दाबी प्रक्रियाका लागि कम्पनीले सम्पर्क व्यक्तिको नाम र ई–मेल ठेगाना पनि सार्वजनिक गरेको छ। ती सम्पर्क व्यक्ति र ई–मेलमा सम्पर्क गरी दाबीसम्बन्धी जानकारी, कागजात तथा विवरण उपलब्ध गराई दाबी भुक्तानी लिन कम्पनीले आग्रह गरेको छ।

हाल देशको विषम परिस्थितिमा राष्ट्र पुनर्निर्माण तथा आर्थिक समृद्धिमा सहयात्री बन्दै सबल र सुमन्नत मुलुक निर्माणमा कम्पनी कटिबद्ध रहेको सूचनामा उल्लेख छ। मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण दिवंगत भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले यस दुःखद घडीमा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS