काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७८ औं वार्षिकोत्सवको अवसरमा यही असोज ३ र ४ गते आयोजना गर्न लागिएको फुटसल प्रतियोगिता स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै हाल देशमा सृजित परिस्थितका कारण स्थगित गरिएको जनाएको छ । साथै उक्त फुटसल प्रतियोगिता पुनः आयोजना गर्ने सम्बन्धमा पछि जानकारी गराईने कम्पनीले जनाएको छ ।

















