काठमाडौं । नेपाल बीमा प्राधिकरणले जेनजी प्रदर्शनका क्रममा गण्डकी प्रदेशमा भएको क्षतिको बीमा दाबीको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।
प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले क्षतिपछि अनुमानित १ अर्ब १३ करोड लाख रुपैयाँ बढीको बीमा दाबी कम्पनीहरुमा परेको जनाएको छ। यो बीमा दाबी भदौ ३० गतेसम्म बीमकहरुबाट उपलब्ध तथ्यांकका आधारमा रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गण्डकी प्रदेशबाट ११ वटा निर्जीवन बीमा कम्पनी र एउटा लघु निर्जीवनमा १ अर्ब १३ करोड ४० करोड रुपैयाँको बीमा दाबी परेको छ। सबैभन्दा धेरै बीमा दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा देखिएको छ। यो कम्पनीले ९ वटा दाबीको ५० करोड रुपैयाँबराबरको भुक्तानी गर्नुपर्ने देखिएको छ।
यसैगरी दोस्रो धेरै रकमको दाबी सगरमाथा लुम्बिनी इन्स्योरेन्समा देखिएको छ। यो कम्पनीले ५० वटा दाबीको ३५ करोड रुपैयाँबराबर भुक्तानी गर्नुपर्ने तथ्यांकले देखाएको छ।
त्यस्तै राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको ७ करोड रुपैयाँबराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको छ।


















