IME Life New

दशैंको मुखमा एक्कासी क्याथे प्यासिफिकले रोक्यो नेपालमा हवाई उडान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्दोलनको क्रममा भएको विध्वंश र प्रदर्शनकारीहरूले विमानस्थल घेराउ गरेको कारण देखाउँदै अन्तर्राष्ट्रिय वायू सेवा कम्पनी, क्याथे प्यासिफिकले नेपालमा उडान सेवा स्थगन गरेको छ।

एयरलाइन्सले हङकङ काठमाडाैं हङकङ रूटको उडान स्थगित गरेको हो।

Esewa
Crest

दशैं नजिकिंदै गरेका बेला सेवा ठप्प पार्दा विशेषगरी चाडपर्वका लागि हङकङबाट सिधै र अष्ट्रेलियाबाट हङकङ ट्रान्जिट हुँदै उडान भरेर काठमाडाैं आउने तयारीमा रहेका यात्रुहरू प्रभावित हुने देखिएका छन्।

हङकङमा मुख्यालय रहेको यो वायू सेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई पत्र पठाउदै भोलि देखि असोज १४ गते (सेप्टेम्बर १५ देखि ३०)सम्म उडान रोक्ने घोषणा गरेको हो।

कम्पनीले विज्ञप्ती जारी गर्दै नेपालको राजनीतिक घटनाक्रमलाई नजिकबाट न्यालि रहेको र असोज १५ गतेदेखि पुनः उडान सञ्चालनमा ल्याउने संभावना रहेको जनाएको छ। कम्पनीले उडान रद्द गरिएकोमा यात्रुले उडान तालिका १ अक्टोबर पछिका लागि सार्ने वा टिकटको पैसा फिर्ता लिने विकल्प खुल्ला रहेको जनाएको छ।

यो वायू सेवा कम्पनीले हंङकङबाट काठमाडाैंका लागि दैनिक १ उडान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS