काठमाडौं । काठमाडाैं महानगर क्षेत्रभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरू भदाै २४ गते मंगलबार बन्द रहने भएका छन्।
प्याब्सन र एनप्याब्सले सोमबार भएको दुःखद घटना र असहज परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिकाले सोमबार भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई भदौ २४ देखि २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

















