IME Life New

लिबर्टी माइक्रो लाइफको ‘लिबर्टी एनुअल कन्भेसन २०८२’ भव्यरुपमा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लिबर्टी एनुअल कन्भेन्सन २०८२’ यही भदौ १३ देखि १५ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ । कम्पनीले सो कार्यक्रम टुगेदर टुवार्डस् न्यू हाइटको संकल्प सहित सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका सञ्चालक, उच्च व्यवस्थापनका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, प्रदेश प्रमुखहरू, शाखारउपशाखा प्रमुखहरू, अन्य कर्मचारीहरु, प्रमुख एजेन्सी प्रबन्धकहरू, एजेन्सी प्रबन्धक तथा उच्च व्यवसायिक सफलता हासिल गरेका अभिकर्ताहरु लगायतको उत्साहजनक उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । उक्त सम्मेलनलाई कम्पनीका विविध पक्षहरुमा गहन छलफल गरी भविष्यका लागि मार्गनिर्देशन गर्ने एक महत्वपूर्ण अवसरका रूपमा चित्रित गरे ।

सम्मेलनको पहिलो दिन, प्रमुख सञ्चालन अधिकृत र प्रमुख बजार अधिकृत ज्यूले कम्पनीका मूल्यमान्यताहरू, लक्ष्य, भविष्यको रणनीति र कार्ययोजनाहरू प्रस्तुत गरी निर्धारित लक्ष्यहरू हासिल बिस्तृत योजना सबै प्रतिभागीहरूसँग साझा गरेका थिए भने कार्यक्रमको दोस्रो दिनको प्रथम सत्रमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुका लागि, परिपालन अधिकृतले परिपालनको महत्त्व र सम्पति शुद्धीकरण, आतंकारी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धि, प्रमुख वित्त अधिकृतले कम्पनीको वित्तीय प्रसासन सम्बन्धि तथा दावी बिभाग प्रमुखले दावी प्रक्रिया र सो सम्बन्धि नीति, नियम सम्बन्धि तालिम प्रदान गरे ।

दोस्रो सत्रमा प्रादेशिक कार्यालय प्रमुखहरुले अआफ्नो प्रदेशको गत आ।व। को उपलब्धि तथा चालु आ।व। को व्यवसायिक रणनीति तथा योजनाहरूको प्रस्तुति दिएका थिए ।

सम्मेलनमा, गत आ।व। मा व्यवसायिक लक्ष्य प्राप्त गर्ने, उत्कृष्ट व्यवसाय गर्ने प्रमुखएजेन्सी प्रबन्धकहरू,एजेन्सी प्रबन्धक, अभिकर्ताहरु, प्रदेश, शाखा, उपशाखा कार्यालयहरु तथा कर्मचारीहरु लाई सम्मान गर्नुका साथै पुरष्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यस सम्मेलनमा तोकिएका लक्ष्य र रणनीतिहरू कार्यान्वयन गर्दै नेपालको बीमा क्षेत्रमा एक विश्वसनीय र अग्रणी संस्था बन्ने आफ्नो संकल्प गरेको छ ।

भब्य एवम् सारगर्भित रुपमा सम्पन्न भएको तीन दिवशीय लिबर्टी एनुअल कन्भेन्सन २०८२’को समापनका अवसरमा कम्पनीका संचालक मनिष तिमिल्सिनाले कर्मचारी तथा अभिकर्ताहरूलाई ग्राहकमुखी भई कामगर्न तथा ग्राहकहरु सन्तुष्ट हुनेगरी सेवाप्रदान गर्न निर्देशन दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले कर्मचारी तथा अभिकर्ताहरूलाई परिपालना तथा व्यवसायिकता लाई पहिलो प्राथमिकतामा राखी एकजुट भइ सामुहिक रुपमा कार्य गर्दै कम्पनीको व्यवसायलाई नयाँ उचाइमा पुर्याउन लिबर्टी एनुअल कन्भेन्सन २०८२’को संकल्प गराउँदै सहभागी सम्पूर्ण प्रति आभार तथा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS