IME Life New

लघु जीवन बीमा कम्पनीको व्यापार ७ करोड ७३ लाख, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा कुल साढे ७ करोड माथि रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले २ लाख ९५ हजार ७०८ वटा बीमा पोलिसी बिक्री गरी ७ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा गार्डियन माइक्रो लाइफले ३ करोड २६ लाख रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । जसमध्ये कम्पनीले ३ करोड ९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने १६ लाख रुपैयाँ मात्रै नविकरण बीमा शुल्क संकलन गरेको छ ।

Crest

क्रेष्ट माइक्रो लाइफले यस अवधिमा १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जसमध्ये कम्पनीले १ करोड ५७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने २० लाख रुपैयाँ मात्रै नविकरण बीमाशुल्क संकलन गरेको छ ।

यता, लिबर्टी माइक्रो लाइफले २ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जसमध्ये कम्पनीले २ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने २९ लाख रुपैयाँ नविकरण बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS