काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था पालना गराउन बीमा कम्पनीहरुका लागि कडा व्यवस्था ल्याएको छ।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी निर्दशन, २०८२ जारी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था पालना नगर्ने बीमकलाई ५ करोड रुपैयाँसम्मको जरिवानादेखि लाइसेन्स (इजाजतपत्र) खारेजसम्मको व्यवस्था ल्याएको हो। प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र बीमा ऐन, २०७९ मा भएको व्यवस्थाबमोजिमको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरेको हो।
बीमा प्राधिकरणले यो निर्देशन गत भदौ ४ गते स्वीकृत गरेको हो। स्वीकृत मितिबाट निर्देशन ३१ औँ दिनबाट लागू हुनेछ।
निर्देशनमा भएको व्यवस्था पालना नगरेका कारण र सोबारबाट पर्न सक्ने प्रणालीगत प्रभावको आधारमा ऐनमा भएको व्यवस्थाअनुसार प्राधिकरणले बीमा कम्पनीहरुलाई सचेत गराउनेदेखि नगद जरिवानासँगै लाइसेन्स खारेजसम्मको व्यवस्था गरेको छ। नगद जरिवाना पालना नभएका नियमका आधारमा १० लाख रुपैयाँदेखि ५ करोडसम्म रहेको छ।
त्यस्तै यो निर्देशनबमोजिम प्राधिकरणले नियम पालना नगर्ने बीमकहरुले कुनै वा सबै बीमालेख जारी गर्न रोक लगाउनेसम्मको कारबाही गर्न सक्छ।
यस्ता छन् पालना नभएको व्यवस्थामा कारबाहीका प्रकार
panishment
















