काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।
शेयर रजिस्ट्रार हिमालयन इन्भेस्टमेन्ट बैंकरले आज एक सूचना जारी गर्दै क्रेस्ट माइक्रो लाइफको १ लाख १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गतेबाट सकिने जानकारी गराएको हो। यो आइपीओ जारी गर्ने क्रममा सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर हो।
आइपीओ बाँडफाँटको मितिले कम्पनीहरुले सामूहिक लगानी कोषलाई छुट्याएको शेयर ६ महिना लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाबमोजिम क्रेस्ट माइक्रो लाइफले लकइनमा राखेको सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर फुकुवा हुन लागेको हो।

















