IME Life New

नेपाल माइक्रोको रेटिङ ‘डब्बल बी माइनस’ पुनःपुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्सको निष्कासनकर्ताको रेटिङ पुनः पुष्टि गरेको छ।

केयर रेटिङले नेपाल माइक्रोको रेटिङ पुनः पुष्टि गर्दै ‘डब्बल बी माइनस’ कायम गरेको हो। यस्तो रेटिङ प्राप्त कम्पनीको पूर्वनिर्धारित वित्तीय दायीत्व भाकाभित्रै चुक्ता गर्न सक्ने क्षमतामा मध्यमस्तरको जोखिम समाहित हुन्छ।

Esewa
Crest

इन्स्योरेन्सले जारी पुँजीको ३० प्रतिशत साधारण शेयर निष्कासन गरिसकेको छ। शेयर बजारमा शेयर कारोबारमा आइसकेको कम्पनीको हालको पुँजी ७५ करोड रुपैयाँ रहेको छ।

कम्पनीले २०८०।८१ को साउन १ गतेदेखि लघु बीमा कारोबार सुरु गरेको हो । गत आर्थिक वर्ष २०८१।८२ मा यो कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको कुल व्यापार १९ करोड ३६ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष २०८०।८१ को तुलनामा २७५ प्रतिशतले बढी हो।

सीमान्तकृत वर्गमा लघु बीमाको पहुँचका लागि बीमकको इजाजत पाएको यो बीमकले प्रधान कार्यालयसमेत १० वटा शाखा र २ वटा उपशाखा सञ्चालनमा ल्याएको छ। यसबाहेक गत असार मसान्तसम्ममा १७ वटा अभिकर्ता अभिकर्ता नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS