IME Life New

स्टार माइक्रोको नाफा १९७% ले वृद्धि, यस्ता छन् अन्य सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले १५ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १ करोड ६६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क बढेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा कम्पनीले ५ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४९ लाख ५४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क पनि उल्लेख्य प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २१ लाख ६४ हजार रुपैयाँ र महाविपत्ति कोषमा २ लाख १६ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २० लाख रहेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ५३ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १७ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफामा १९७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS