काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।
५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा १९ लाख ७० हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा १ करोड ५९ लाख ८५ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १६ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
समीक्षा वर्षमा कम्पनीले ३२ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुद बीमाशुल्क ९९० प्रतिशतले बढी हो ।
यस समीक्षा वर्षमा कम्पनीले पुनर्बीमा मार्फत ५ करोड ४७ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १४ लाख २५ हजार रुपैयाँ खर्चिएको थियो ।
यस समीक्षा वर्षमा कम्पनीले २७ करोड१४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २ करोड ८४ लाख ८५ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ८५५ प्रतिशतले बढी हो ।
समीक्षा वर्षमा कम्पनीले १ करोड १४ लाख ९७ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७६ लाख ५ हजार नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले बढी हो । कम्पनीको जीवन बीमा कोष १९ करोड २६ लाख रहेको छ ।

















