काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयको कायम मुकायम प्रमुखको जिम्मेवारी शिवप्रसाद खनाललाई दिइएको छ।
प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार खनाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मधेश प्रदेश कार्यालयको प्रमुखमा कायम मुकायम मुकरर गरिएको हो।
हाल मधेश प्रदेश कार्यालयको प्रमुख पद रिक्त रहेको छ। खनाल सहायक निर्देशकका रुपमा कार्यरत रहेका छन्।

















