IME Life New

नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा सोमबारसम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले साउन ६ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिन अब ३ दिन बाँकी रहेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३।४७८३ अनुपातमा ३४।७८ प्रतिशतले हुन आउने हकप्रद जारी गर्ने भएको हो। कम्पनीको हकप्रद शेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

जसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

Esewa
Crest

कम्पनीका शेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसको मतलब जेठ २९ गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको न्यूनतम चुक्तापुँजी कायम हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS