IME Life New

मधेश प्रदेशबासीका लागि रू १० लाखको दुर्घटना बीमा, सुरक्षित आवास योजना पनि लागू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेश सरकारले विपद वा दुर्घटनाबाट ज्यान गुमाउने वा स्थायी अपाङ्गता भएका नागरिकको परिवारलाई  १० लाख रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराउन विपद तथा दुर्घटना बीमा लागू गरेको छ।

प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालयले  “नागरिक बीमा कार्यक्रम” मार्फत यस्तो बीमा सुविधा प्रदान गरेको हो।

Esewa
Crest

प्रदेश मन्त्री प्रमोद जयसवालका अनुसार, नेपालभित्र वा भारतीय भूमिमा भएका बेला विपद वा दुर्घटनामा परेर प्रदेशको कुनै बासिन्दाको अकालमै ज्यान गए वा स्थायी अपाङ्गता भएका अवस्थामा पीडित परिवारलाई क्षतिपूर्तीस्वरूप १० लाख रूपैयाँ बीमा कम्पनीमार्फत उपलब्ध गराइनेछ।

प्रदेश सरकारले ६ हजार ६ सय जनाको जोखिम बहन हुने गरी बीमा गराएको छ। विगतमा प्रदेशमा भएको दुर्घटनामा मृत्यु भएकाहरूको संख्याको आधारमा पहिलो चरणमा यो संख्यामा बीमा गरेको हो।

उनले यस्तो सुविधाका लागि बीमा कम्पनीसँग असार ३२ गतेदेखि नै लागू हुने गरी सम्झाैता भइसकेको जानकारी गराएका छन् ।

विपद वा दुर्घटनावापत प्रति मृतक परिवार १० लाख रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराउने यो संभवत प्रदेश सरकारहरूले घोषणा गरेकोमध्ये सर्वाधिक रकमको बीमा हो।

यसबाहेक “मुख्यमन्त्री सुरक्षित आवास योजना” अन्तर्गत १ लाख घरको बीमा प्रदेश सरकारले गरिदिएको छ। बाढी, पहिरो, चट्याङ्, हावाहुरी, आँधी, आगलागीलगायतका विपद् वा दुर्घटनाबाट क्षति व्यहोर्नुपरेका घर–परिवारहरूले बीमा कार्यक्रममार्फत प्रति परिवार १ लाख रूपैयाँदेखि ५ लाख २५ हजार रुपैयाँसम्मको राहत रकम क्षतिपूर्तीवापत प्राप्त गर्नेछन्।

यो बीमा योजनाले मधेश प्रदेश अन्तर्गतका आवासीय भवन र नागरिकको दुर्घटना बीमाका लागि झण्डै ५९ अर्ब रूपैयाँ बराबरको जोखिम व्यहोर्ने मन्त्री जयसवालले जानकारी दिए।

प्रदेश सरकारका अनुसार,  मधेश प्रदेश अन्तर्गतका आठ जिल्लाका करिब ६२ लाख नागरिकहरु विपद जोखिम बीमाबाट लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS