काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेवा प्रवाह र धितोपत्र बजारको नियमनलाई प्रभावकारी बनाउन सूचना प्रविधिसम्बन्धी नीतिगत सुधार र पूर्वाधारमा लगानीलाई प्राथमिकता दिने भएको छ।
बोर्डले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा बोर्ड तथा धितोपत्र बजारमा सूचना प्रविधिको पूर्वाधार विकास गर्दै यसको प्रयोगलाई स्तरीय, प्रभावकारी र गतिशिल बनाउन नाै बुँदे कार्यक्रमको घोषणा गरेको छ।
बोर्डले सूचना प्रविधिको प्रवर्द्धनका लागि यो वर्षका लागि समेटेका कार्यक्रमहरूः
- बोर्डको सूचना प्रविधि नीति, २०७५, तथा सेबोन आइसीटी अपरेशनल म्यानुअल २०२० मा समय सापेक्ष परिमार्जन गर्ने ।
- धितोपत्र कारोबारलाई वास्तविक सयममा सुपरिवेक्षण गर्न सक्ने गरी स्वचालिक सुपरिवेक्षण प्रणाली र पूँजी बजार सुपरिवेक्षण सूचना प्रणालीका सम्बन्धमा आवश्यक अध्ययन गरेर खरिद गर्ने ।
- पूँजी बजारमा प्रयोग हुने सूचना प्रविधिको प्रयोग अन्तर्राष्ट्रिय सिद्धान्त तथा स्तरको हुने गरी गुणस्तरियत र विश्वसनीय बनाउन आवश्यक अध्ययन गरी बजार सहभागिहरूका लागि सूचना प्रविधि निर्देशिका र प्रणाली सम्परिक्षण ढाँचा तयार गर्ने।
- कारोबार प्रणालीको अन्तर्राष्ट्रिय प्रणाली संपरिक्षकबाट सम्पूर्ण संपरिक्षण हुने गरी प्रणाली संपरिक्षण गर्न लगाउने ।
- धितोपत्र बजारमा सूचना प्रविधिको व्यवस्थित एवम सुरक्षित प्रयोग र स्तरियता अभिवृद्धि गर्न जोखिम न्यूनीकरण तथा साइबर सुरक्षा सम्बन्धमा लगानीकर्ता तथा धितोपत्र व्यवसायीका लागि सचेतना तथा अभिमुखीकरण सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने ।
- बोर्डमा माैजुदा तथ्याङ्क र जानकारीहरूको समूचित अभिलेख व्यवस्थापन गर्न तथा हाल प्रयोग भइरहेका र प्रस्तावित विभिन्न प्रणालीहरूको व्यवस्थापन गर्न बोर्डमा तथ्याङ्क केन्द्र (Data Center) को स्थापना गरी यसको माध्यमबाट तथ्याङ्क वितरण तथा भण्डारण गर्न सक्ने व्यवस्था मिलाउने।
- बजार गतिविधिलाई सूचना प्रविधिमैत्री बनाउन सेबोन बिजनेश प्रोशेस डिजिटाइजेशन, सेन्ट्रल क्यापिटल मार्केट डाटा बैंक एण्ड डिजास्टर रिकरभरी साइट, एक्सबिआरएल सिस्टम सम्बन्धि अध्ययन कार्य गर्ने र अध्ययन प्रतिवेदनका आधारमा आवश्यक विकास कार्य अघि बढाउने।

















