IME Life New

नेपालमा कोकाकोलाको बजार खुम्चिंदा पेप्सीकोलाको बढ्यो डिमाण्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बजारमा कार्बोनेटेड चियो पेय उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडको बजार हिस्सा निरन्तर खुम्चिंदै जाँदा वरूण वेभरेज प्रालिको बजार हिस्सा बढ्दै गएको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार,गत आर्थिक वर्ष २०८१।८२ को पहिलो नाै महिनामा वरूण वेभरेजको बजार हिस्सा ४५ देखि ४६ प्रतिशत रहेको छ। यसैगरी यो अवधिमा बोटलर्स नेपाल(बोटलर्स तराइ लिमिटेड समेत)को बजार हिस्सा ५४ प्रतिशत मात्र छ।

Esewa
Crest

कार्बोनेटेड सफ्ट ड्रिङ्क उत्पादक दुई ठूला प्रतिस्पर्धी कम्पनी, बोटलर्स नेपाल लिमिटेड(बोटलर्स नेपाल तराइ लिमिटेड समेत) र वरूण वेभरेज प्रालिको लगभग एकै समयमा क्रेडिट रेटिङ गरेको यो रेटिङ एजेन्सीले दुइ प्रतिस्पर्धीको बजार हिस्साको सम्बन्धमा त्रुटीपूर्ण विवरण प्रकाशन गरेको छ।

रेटिङ एजेन्सीले प्रकाशन गरेको प्रेस विज्ञप्तीमा गत आर्थिक वर्ष २०८१।८२ को आधारमा बोटलर्स नेपाल तराई  लिमिटेडको ३८ प्रतिशत बजार हिस्सा उल्लेख गरिएको छ। साथै

यी तीनवटै कम्पनीको बजार हिस्साको कुल १४४ प्रतिशत हुन आउँछ। कुल बजारलाई  १०० प्रतिशत बराबर मानिने भएपनि तीनवटा कम्पनीको बजार हिस्सा सम्बन्धमा केयर रेटिङ्गसले उल्लेख गरेको विवरणमा त्रुटी छ भन्ने देखिन्छ।

प्रेस विज्ञप्ती अनुसार,आर्थिक वर्ष २०७९।८०(२०२३) को तुलनामा गत आव २०८१।८२ को पहिलो नाै महिनाको अवधिमा वरूण वेभरेजको बजार हिस्सा उल्लेख बढेको छ। समिक्षा अवधिमा कोकाकोला उत्पादन गर्ने दुबै कम्पनीको बजार हिस्सा खुम्चिएको छ।

इक्राका अनुसार, पेप्सीकोलाको उत्पादक, वरूण वेभरेज प्रालिको बजार हिस्सा सन् २०२३ मा ३९ प्रतिशत रहेकोमा आव २०८१।८२ को पहिलो नाै महिना(पुस मसान्तसम्म) मा ४५ देखि ४६ प्रतिशतको हाराहारी पुगेको छ।

यसैगरी कोकाकोला उत्पादक बोटलर्स नेपाल तराइ लिमिटेडको बजार हिस्सा समिक्षा अवधिमा ४५ प्रतिशतबाट झरेर ३८ प्रतिशतमा सीमित हुन पुगेको छ। यसैगरी कोलाकोला उत्पादन गर्ने अर्को कम्पनी बोटलर्स नेपाल लिमिटेडको बजार हिस्सा ६१ प्रतिशतबाट खुम्चिएर ५४ प्रतिशतमा सीमित हुन पुगेको छ।

बालाजु औद्योगिक क्षेत्र र चितवनको भरतपुरस्थित उद्योगबाट बोटलर्स नेपालले कोकाकोला लगायतका ब्राण्डमा चिसो पेय उत्पादन गर्दै आएको छ। यसैगरी पुरानो सिनामङ्गल(पेप्सीकोला) र नवलपरासीस्थित उद्योगबाट वरूण वेभरेजले पेप्सीकोला लगायतका ब्राण्डमा चिसो पेय उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS