IME Life New

आजसम्म शेयर किन्नेले प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली अर्थात साउन २ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले आफ्नो २९औं वार्षिक साधारणसभा साउन २३ गते गर्ने भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे गर्ने छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेपरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगाएत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विबरण सहितका अनुसूचीहरु पारित गर्नेछ ।

सभाले २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारीश्रमिक निर्धारण गर्ने, बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने, कम्पनीको २८ औं वार्षिक साधारण सभाबाट ५०.१५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा आर्थिक वर्ष २०८०/०८१ सम्मको वितरणयोग्य मुनाफाबाट १८ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव भए अनुसार कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले ५०.१५ प्रतिशत हकप्रद शेयरलाई संशोधन गरि प्रस्तावित बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले हकप्रद शेयर पारित गर्दा भिन्न अंकमा आउने शेयरलाई संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात कायमै राखी नजिकको पुरा अंक कायम गर्ने, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार संशोधन वा फेरबदल गरि कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS