IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा तीन वटा बिद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा बिगत आठ बर्ष देखि बीमा सेवा प्रदान गर्दै आइरहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असार २३ गते आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका अन्तर्गतका तीन वटा बिद्यालयहरुमा बिद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।

यस कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरमा रहेको सरस्वती आधारभुत बिद्यालयमा रु १,३५,०००।०० रकम बराबरको १५ थान फलामेडेस्क, बेन्च हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोषबास्तोला, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिमाबिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बल बहादुर कर्की, प्रधान अध्यापक रुद्र बहादुर रानाभाटरहेको उक्त कार्यक्रमको सभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले गरेका थिए ।

कार्यक्रम सञ्चलन कम्पनीका कर्मचारी अनिस रन्जीतले गरेका थिउ । उक्त कार्यक्रममा वडा नं. १२ का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय बासिन्दा, सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीर सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ता महानुभावहरुले आफनो अमुल्य राय तथा सुझावमा यस्ता खालका कार्यक्रमहरुले निम्न आय तथा फरक क्षमता भएका बिद्यार्थीहरुको क्षमता अभिबृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने भन्दै कार्यक्रमकोसफलताको शुभकामना दिए ।

सोहि दिन दोस्रो कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १० कुडँहरमा रहेको कुडँहर आधारभुत बिद्यालयमा रु. १,००,००० रकम बराबरको बिद्यालयलाई आवश्यक विभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त बिद्यालयमा रहेका बिशेष क्षमता भएका बिद्यार्थीहरुलाई मध्यनजर गरेर सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सेना, प्रधान अध्यापक श्रनन्द किशोर बराल थिए ।

उक्त कार्यक्रमकोसभा अध्यक्ष सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्यायले गरेका थिए भने कार्यक्रम सञ्चालन कम्पनीका कर्मचारी अनिस रन्जीतले गरेका थिए ।

उक्त कार्यक्रममा वडा नं. १० का जनप्रतिनिधि, बिद्यालय व्यवस्थापन समितिका सदस्य, स्थानिय बासिन्दा, सो बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थी र सानिमा जि आईसी इन्स्योरेन्स लिमिटेडका कर्मचारी सहितको उपस्थीति रहेको थियो । यस कार्यक्रमका प्रमुख अतिथि तथा अन्य वक्ताहरुले आफनो अमुल्य राय तथा सुझावमा यस्ता खालका कार्यक्रमहरुले निम्न आय तथा
फरक क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिबृद्धिमा समेत सकारात्मक प्रभाव पार्ने भन्दैकार्यक्रमको सफलताको शुभकामना दिए ।

तेस्रो कार्यक्र अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३२ मा रहेको चन्द्रज्योति आधारभुत बिद्यालयमा रु १,००,००० रकम बराबरको बिद्यालयलाइ आवश्यक बिभिन्न खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ३२ का वडा सदस्य तिर्थ बहादुर सुयल, विशेष अतिथि नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्र, अतिथिहरुमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारयण प्रसाद पाण्डे , प्रधान अध्यापक ढुन्डीराज पौडेल र निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रिनाथ पौडेल थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS