काठमाडौं । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय अशल अभ्यासलाई अनुशरण गर्दै नियामकीय क्षमता अभिवृद्धि गर्ने र आन्तरिक संरचनालाई सुदृढ बनाउने बताएको छ । आज आर्थिक वर्ष २०८२ /८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।
International Association of Insurance Supervisors (IAIS) ले प्रतिपादन गरेको Insurance Core Principles को कार्यान्वयनको अवस्था बारे समिक्षा गर्ने, प्राधिकरणको क्षमता विकासका लागि अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सम्बन्ध अभिवृद्धि गर्ने जनाइएको छ ।
साथै, कर्मचारी तालिम तथा विकास सम्बन्धी दिग्दर्शन बनाई लागू गर्ने, प्राधिकरण तथा बीमकको आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने र प्राधिकरणका प्रादेशिक कार्यालय र बीमकका प्रदेश, शाखा र उपशाखा कार्यालयलाई थप सुदृढ बनाउने जनाइएको छ ।

















