काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको १५ लाख ३७ हजार बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।
संस्थाले प्रकाशन गरेको सूचनाअनुसार यो लघुवित्तको १५ लाख ३७ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २९ गतेबाट सकिने भएको हो। संस्थामा रहेको संस्थापक शेयरधनीको १५ लाख २५ हजार कित्ता र कर्मचारीसँग रहेको १२ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिनेछ।
अभियान लघुवित्तले २०७९ साउन १८ गतेदेखि साउन २२ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने साउन ३० गते गरिएको थियो। नियामकीय व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।
कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा व्यवस्थापन तहका कर्मचारीले भने अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म संस्थाको शेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ।

















