IME Life New

गार्डियन माइक्रो लाइफ तेस्रो वर्षमा प्रवेश, बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै पहिलो लघु बीमा कम्पनीका रुपमा स्थापित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको छ।

आफ्नो २ वर्षको व्यावसायिक कार्यकाल सफलतापूर्वक सम्पन्न गरी कम्पनी तेस्रो वर्षमा प्रवेश गरेको हो। यस अवसरमा कम्पनीप्रति विश्वास र सद्भाव राख्ने सबै बीमित ग्राहकलाई धन्यवाद दिइएको छ।

Esewa
Crest

यस अवधिमा कम्पनीलाई निरन्तर सहयोग, सुझाव, सल्लाह एवं मार्गदर्शन प्रदान गर्ने नेपाल बीमा प्राधिकरण, लगानीकर्ता, सञ्चालक, अभिकर्ता, कर्मचारी, नेपाल सरकारका सम्बन्धित निकाय, प्रत्यक्ष एवं अप्रत्यक्ष सहयोग गर्ने संघसंस्था, सञ्चारकर्मी एवं सम्पूर्ण शुभेच्छुकमा कम्पनीले आभार प्रकट गरेको छ। आगामी दिनमा यस्तै सहयोग प्राप्त हुने आशा कम्पनीले व्यक्त गरेको छ।

नेपालको बीमा क्षेत्रमै पहिलो पूर्ण डिजिटल प्रणाली (पेपर लेस) अवलम्बन गर्दै आएको गार्डियन माइक्रो लाइफले समयसँगै प्रविधिमा भइरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आएको छ। आगामी दिनमा ग्राहकको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिबी न्यूनीकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ।

चालु आर्थिक वर्षको जेठसम्म कम्पनीले ४५ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार उल्लेख्य रुपमा बढेको छ।

चालु आर्थिक वर्षको जेठसम्म प्राप्त बीमा दाबीको सतप्रतिशत भुक्तानी गरेको कम्पनीको दाबी छ। कम्पनीका अनुसार जेठसम्म ८६४ वटा दाबीको ७ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

चालु आर्थिक वर्षको ११ महिनामा कम्पनीले ९० करोड ४ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ५२ करोड ७ लाख रुपैयाँ लगानी गरेको थियो।

हाल कम्पनीले केन्द्रीय कार्यालयसहित २६ शाखाबाट लघु जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा ६२ जना कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS