IME Life New

सानिमा जिआइसी इन्स्योरेन्सद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले आज असार १९ गते जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका १० स्थित श्री जनज्योति माध्यामिक विद्यालयका लागि आवश्यक कम्प्युटर ३ थान, खानेपानी ड्रम २ थान, कपी ५०० थान, डट्पेन ५०० थान र पानी खाने बोतल ५०० थान गरी करिव २ लाख १२ हजार रुपैयाँ बराबरको सामाग्री बितरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले सो सहयोग गरेको हो ।

सो कार्यक्रममा उक्त सामाग्रीहरु नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख निल प्रशाद लामिछाने, सानिमा जिआइसी इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख गोविन्द जंग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायतका कर्मचारीहरुबाट विद्यालयलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड, कर्णाली प्रदेश प्रमुख गोविन्द जङ्ग सिंह, शाखा प्रमुख सन्तोष थापा लगायत कार्यलयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।

त्यस्तै, पन्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, नेपाल बीमा प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय प्रमुख निल प्रसाद लामिछाने, श्री जनज्योति माध्यमिक विध्यालयका प्रधानाध्यापक कृष्ण राज ढकालको सहभागीता रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS