IME Life New

विपन्नको बीमाका लागि अघि सर्दै स्थानीय सरकार, ललितपुर महानगरले गर्‍यो रू १ करोडको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिब तथा विपन्न परिवारमा बीमाको पहुँच सुनिश्चित गर्ने योजना अन्तर्गत ललितपुर महानगरपालिकाले एकल महिला र सरसफाइकर्मीको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ।

महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रमका लागि स्वास्थ्य बीमा बोर्डलाइ १ करोड रूपैयाँ भुक्तानी गर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम सम्बन्धमा सम्झाैता गरेको छ।

Esewa
Crest

बुधबार दुबै पक्षबीच भएको समझदारीपत्र हस्ताक्षरमा महानगरप्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकको स्वास्थ्य बीमावापतको शतप्रतिशत बीमाशुल्क महानगरले व्यहोर्ने भएको छ।

महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा नगरवासीका लागि स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि शुरू गरेको थियो ।

कार्यक्रममा पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको जानकारी दिए।

यसैबीच धनुषाको शहीदनगर नगरपालिकाले तीन सय विपन्न परिवारका एक हजार पाँच सय जनाको स्वास्थ्य बिमा गरेको छ । प्रत्येक घरपरिवारको नाममा तीन हजार पाँच सय रुपियाँका दरले बीमा गरिएको छ । कुल तीन सय घरपरिवार लाभान्वित हुने गरी करिब १० लाख ५० हजार रुपैयाँको लागतमा स्वास्थ्य बीमा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS