IME Life New

बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना बीमितलाई फर्छ्यौट हुन बाँकी रहेको बीमा दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट जारी बीमालेखअन्तर्गत आएका बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। ‘क्षति मूल्यांकन तथा दाबी फर्छ्यौटका लागि बुझाउन बाँकी आवश्यक कागजात पेस गर्न कम्पनीबाट समय–समयमा टेलिफोन वा ई–मेलमार्फत ताकेता गर्दा पनि आवश्यक कागजात बुझाउन र पेस गर्न नआएको देखिन्छ’, सूचनामा भनिएको छ, ‘त्यसैले अबको ७ दिनभित्र बीमितले सम्बन्धित सर्भेयरलाई वा सीधै कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा आवश्यका कागजात बुझाइ बीमा दाबी फर्छ्यौट समयमै गर्न आग्रह गर्दछौँ।’

Esewa
Crest

तोकिएको अवधिभित्र पनि आवश्यका कागजात प्राप्त नभएमा त्यस्ता दाबी फाइल बन्द गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS