IME Life New

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असार १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो २३ औँ वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश छन्।

बोनस शेयर जारीपछि कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। कम्पनीमा नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ भने संस्थापक शेयरधनीहरुका तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ।

सभाले सञ्चाल समितिको गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS