IME Life New

लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकासतर्फ महत्त्वपूर्ण कदम चाल्दै इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।

यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनुका साथसाथै जलवायु फाइनान्स र सप्लाई चेन फाइनान्सजस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवद्र्धन गर्ने गरी दुई मुख्य क्षेत्रमा आफ्नो पहल केन्द्रित गर्नेछ।

Crest

सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन्।

यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण र जोखिम व्यवस्थापनमा सुधार ग्राहकको दीर्घकालीन हितलाई प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS