IME Life New

अकामा होटलको आइपीओको अंकित मूल्य संशोधन, अब रू. १०० मा जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धुम्बाराहीमा पाँँचतारे होटल सञ्चालन गरिरहेको अकामा होटल लिमिटेडले प्रस्तावित प्राथमिक शेयर निष्काशन(आइपीओ) को अंकित मूल्य संशोधन गरेको छ।

होटलले प्रति कित्ता रू. ५० का दरले आइपीओ जारी गर्ने तयारी गरेकोमा धितोपत्र बोर्ड नेपालको निर्देशन पछि अंकित मूल्य संशोधन गर्दै रू. १०० कायम गरेको छ। अंकित मूल्य संशोधनसँगै आइपीओ कित्ता २२ लाख ५० हजारमा सीमित हुन पुगेको छ। होटलले असार ६ गते बोर्डमा अंकित मूल्य संशोधन सँगै संशोधित आह्वान पत्र पेश गरेको हो।

Esewa
Crest

होटलले सर्वसाधारणबाट कुल २२ करोड ५० लाख रूपैयाँ चुक्ता पूँजी जुटाउनका लागि रू. ५० अंकित मूल्यमा ४५ लाख कित्ता जारी गर्ने घोषणा गरेको थियो।

सानिमा समूह मुख्य प्रवर्द्धक रहेको अकामा होटल लिमिटेडले रमादा काठमाडाैं  धुमबाराही ब्राण्डमा पाँच तारे होटल सञ्चालन गरिरहेको छ।

होटलले आइपीओ निष्काशनका लागि २०८१ असार २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। आइपीओका लागि आवेदन दिएको वर्ष दिन पुग्नै लाग्दा समेत बोर्डले निष्काशनको स्वीकृति टुङ्गो लगाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS