IME Life New

राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले असार २९ गते आइतबार दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बिहान ११ बजेदेखि अनमोल क्याटरिङ सर्भिस शंखमूल, काठमाडौँमा गर्ने जनाएको छ ।

कम्पनीको असार ५ गते बिहीबारका दिन बसेको सञ्चालक समितिको ४४४औँ बैठकको निर्णय अनुसार सभाको मिति तय गरिएको हो ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सभाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS