IME Life New

हुलदंगाबाट भएको क्षतिमा हालसम्म कम्पनीहरुबाट कतिवटा बीमा दाबीको भएको भुक्तानी, कति बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा गत वर्ष चैत १५ गते भएको राजावादीहरुको प्रदर्शनका क्रममा भएको हुलदंगाका कारण भएको क्षतिमा हालसम्म निर्जीवन बीमा कम्पनीहरुमा करिब सवा ४ करोड रुपैयाँ बढीको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले बीमकहरुबाट प्राप्त जेठ २८ गतेसम्म तथ्यांक सार्वजनिक गर्दै हुलदंगाका कारण भएको क्षतिमा १२ वटा बीमा कम्पनीमा ५० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले ४ करोड २१ लाख ८० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो।

Esewa
Crest

हुलदंगाबाट भएको क्षतिमा सबैभन्दा धेरै रकमको दाबी राष्ट्रिय बीमा कम्पनीमा परेको छ। यो कम्पनीले २ वटा दाबीको ९१ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीले हालसम्म एउटा दाबीको १६ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ भने एउटा दाबीको ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।

दोस्रो धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स परेको छ। कम्पनीले ८ वटा दाबीबापत ७६ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ। सिद्धार्थले ६ वटा दाबीको २८ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ वटा दाबीको ७५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। यो कम्पनीले हालसम्म ६ वटा दाबीको ५५ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ।

त्यस्तै नेको इन्स्योरेन्सले ४ वटा दाबीको ५२ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले एउटा दाबीको ४७ लाख ५० हजार रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा दाबीको २२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले ११ वटा दाबीको २० लाख ७५ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ६ वटा दाबीको १४ लाख ९६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेको इन्स्योरेन्सले २ वटा दाबीको २९ लाख ४२ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ६ वटा दाबीको ५ लाख ७६ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ वटा दाबीको १० लाख ६६ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। ओरिएन्टल र हिमालयन एभरेष्टले भने हालसम्म एउटा पनि दाबीको भुक्तानी गरेका छैनन्।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले परेको एउटा दाबीको ६ लाख ७८ हजार रुपैयाँ भुक्तानी गरिसकेका छ भने सानिमा जीआईसी इन्स्योरेन्सले एउटा दाबीको ६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

यसैगरी शिखर इन्स्योरेन्सले परेको ५ वटै दाबीको ४ लाख ९८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने प्रभु इन्स्योरेन्सले २ वटा दाबीको १ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

अब बीमा कम्पनीहरुले २० वटा दाबीको २ करोड ५५ लाख ८२ हजार रुपैयाँ भुक्तानी दिन बाँकी रहेको प्राधिकरणको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS